भारत सरकारले चिनी निर्यातमा लगाएको प्रतिबन्ध लम्ब्यायो, चिनीको मूल्य अझै बढ्न सक्ने

यस अघिको प्रतिबन्ध नेपालको लागि होइन भनेर भारतले भनेको भएपनि चिनी आयातमा समस्या भएको थियो । जसका कारण प्रतिकिलो २० रुपैया भन्दा बढीले चिनीको मूल्य वृद्धि भएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

भारत सरकारले जुन १ देखि लागू हुनेगरी चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप एक वर्ष लम्ब्याएको छ । यो प्रतिवन्ध ३१ अक्टोबर २०२३ सम्म जारीरहने  निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाललाई कस्तो प्रभाव पर्नेहो स्पष्ट भएको छैन । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो । विश्वबजारमा यसको नकारात्मक असर भने पर्नेछ ।

यस अघिको प्रतिबन्ध नेपालको लागि होइन भनेर भारतले भनेको भएपनि चिनी आयातमा समस्या भएको थियो । जसका कारण प्रतिकिलो २० रुपैया भन्दा बढीले चिनीको मूल्य वृद्धि भएको छ ।

भारत सरकारको यो निर्णयले नेपाललाई समेत प्रतिकुल असर पर्ने र चिनीको मूल्य अझै बढ्न सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

Array