सोल घटनामा एकसय एकाउन्न भन्दा धेरैको मृत्यु, प्रम देउवाद्वारा दुःख व्यक्त

दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्दै हलोविन मनाउन जम्मा भएका रमाइलो गर्न एक लाखभन्दा बढी युवाहरूमाझ भागदौड हुँदा हालसम्म १५१ जनाको मृत्यु भएको छ भने ८२ भन्दा धेरै घाइते भएका छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा १५१ भन्दा धेरैको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार एक ट्विट गर्दै प्रधानमन्त्री देउवाले सोलमा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार‚ त्यहाँको सरकार र कोरियाली नागरिकप्रति समवेदना प्रकट गरेका हुन् । यसका साथै भागदौडमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।

दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्दै हलोविन मनाउन जम्मा भएका रमाइलो गर्न एक लाखभन्दा बढी युवाहरूमाझ भागदौड हुँदा हालसम्म १५१ जनाको मृत्यु भएको छ भने ८२ भन्दा धेरै घाइते भएका छन् ।

मानिस जम्मा भएको साँघुरो ठाउँमा च्यापिएर चीन, उज्वेकिस्तान, इरान र नर्वेका १९ जना सहित १ सय ५१ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा  ५४ जना पुरुष र ९७ जना महिला रहेका छन् । शनिबार राति भएको दुर्घटनामा ४५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । अधिकांश मृतक ३० वर्षभन्दा कम उमेरका रहेको कोरियाली अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा ८२ जना सख्त घाइते भएको र उनीहरूको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array