एमजी मोटरले सस्तो इलेक्ट्रिक गाडी ल्याउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – भारतस्थित एमजी मोटरले टाटाको टियागोभन्दा सस्तो इभी ल्याउने तयारी गरेको छ। कम्पनीले एमजी सिटी तथा एयर इभी अर्को वर्ष सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

यो इभी धेरै मात्रामा स्थानीयकरण हुने पनि कम्पनीको भनाइ छ। कम्पनीले यसको मूल्य टियागो इभीको भन्दा कम हुने दावी गरेको छ। कम्पनीका अनुसार यो नयाँ मोडल वुलिङ एयरमा आधारित कम्प्याक्ट टु-डोर सिटी कार हुनेछ।

- Advertisement -
Ad imageAd image

कम्पनीले यसलाई २० किलोवाट र ३० किलोवाट क्षमताको ब्याट्री प्याकमा ल्याउने जनाएको छ। यसमा रहेको उक्त ब्याट्री प्याकले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्मको माइलेज रेन्ज दिनेछ। यसमा फ्रन्ट ह्वील ड्राइभ सेटअप गरिएको छ।

नयाँ मोडलको लन्चको दौडमा कम्पनीले गुजरातको प्लान्टमा आफ्नो उत्पादन क्षमतालाई पनि बढाउने योजना बनाएको छ। उक्त प्लान्टमा हाल वार्षिक ६० हजार युनिट उत्पादन क्षमतालाई १ लाख २५ हजार युनिटमा पुर्‍याएको छ।

कम्पनीका अनुसार लामो समयसम्म आयातमा निर्भरता कम गर्न भारतमा इभी उत्पादनहरु स्थानीयकरण गर्न आवश्यक रहेको र स्थानीय रूपमा उत्पादन गरिएको ब्याट्री प्याक प्रयोग गर्न राम्रो बिन्दु हो। एमजीले पनि टाटाकै अटोकम्प कम्पनीबाट ब्याट्री प्याक प्रयोग गर्ने जनाएको छ।

कम्पनीका अनुसार यस एयर इभीमा धेरै सुविधाहरूले भरिएको हुनेछ। इन्फोटेनमेन्ट र इन्स्ट्रुमेन्टको लागि डुअल १०।२५ इन्च स्क्रिन लेआउटमा उपलब्ध हुनेछ। कम्पनीले यो गाडी शहर केन्द्रित हुने जनाएको छ।

यसको सुरुवाती मूल्य भारु १० लाख हुने अनुमान कम्पनीले गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्