‍दार्चुलामा नेपाली बालक मृत्यु सम्बन्धमा भारतसँग भोली स्पष्टीकरण माग्ने सरकारको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– सडक निर्माणका क्रममा भारतीय पक्षद्वारा गरेको विष्फोटमा परी ९ वर्षीय नेपाली बालक पवन महराको मृत्युको घटनाबारे नेपाल सरकारले भारतसँग स्पष्टीकरण माग्ने भएको छ।
त्यसका लागि गृह मन्त्रालयले भारत सरकारसँग सम्पर्क गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको जनाकारी दिएको छ। तर आज बिदाको दिन परेकाले आइतबार भारत सरकारसँग सम्पर्क गरी आवश्यक कारबाही अगाडि बढाउने तयारी परराष्ट्रले गरेको बताइएको छ ।
हिजो भएको विष्फोटमा दार्चुला व्यास गाउँपालिका–२ का पवन महराको तत्काल मृत्यु हुनुका साथै १४ वर्षीया सरिता महरा गम्भीर घाइते भएकी थिइन्।
घटनाले नेपाली राजनीतिक तथा प्रशासनिक र आम जनतामा गम्भीर चासो र प्रतिक्रिया उपत्पन्न गरेपछि सरकारले चासो दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: