काठमाडौं- केहि आफना कुरा, अलि धेरै अरुका मनका, केही चिन्तन, केही मन्थनका कुरा डा. विश्वबन्धु शर्माले मान्छेको मन पुस्तकमा समावेश गरेका छन् । उनले धेरै मान्छेका मनका कुराहरु समावेश गरेका छन् । त्यी मध्य तल एक न्याधीसको कुरा उल्लेख गरिएको छ ।
मैले भर्खर काम गर्न सुरु गरेका थिए । एकजना गिरी थरका पश्चिमतिरका न्यायाधीश साइकोसिस रोग लागेर उपचारका लागि आए । वरिपरिको वातावरणलाई सही किसिमले मूल्याङकन गर्न नसक्ने, त्यसलाई गलत अर्थ लगाउने, डराउने, भ्रमहरु हुने आदि अवस्था थियो ।
उनलाई आपूmले पहिला गरेका फैसलाका झगाडियाहरु मिलेर पिछा गरिरहेको भ्रम हुन थालेको थियो । यही भ्रमका कारण उनी डराउँदै हिडन थालेका थिए ।
‘यस्तो समस्या सुरु भएपछि नैतीकताले पनि अदालतमा फैसाला सम्बन्धी काम गर्न मिल्दैन । यस अवस्थामा उहाँको निर्णय त्रुटिपूर्ण हुनसक्ने सम्भावना त छँदै छ, त्यसबाहेक उहाँ आफैँलाई चाहिँ विभिन्न शङ्काहरु भएकाले डर, त्रास बढने, रोगका लक्षणहरु ब्ढ्ने खतरा पनि हुन्छ । त्यसकारण फैसलासम्बन्धी कार्य उहँको र समाजको पनि हितमा थिएन । मन्त्रालय वा अदालतमै पनि फैसलाबाहेकका न्यायसम्बन्धी अरु कार्य गर्नु उचित हुन्छ’ भनेका थिए ।
‘आजसम्म मैले गरेका फैसलामा हार्ने पक्षहरु सबै एकजुट भएर मेरो विरुद्ध षड्यान्त्र गरिरेहेका छन्, मलाई फसाउने, मार्ने, दुख दिने तयारी भइरहेको छ’ भन्ने भ्रम परेकाले उनी भाग्न, लुक्ने गर्न थालेका थिए ।
म कहाँ उनी तीन—चार महिनाजति उपचारका लागि आए । उपचार गर्दै जाँदा निकै राम्रो सुधार भएको थियो । नोकरी अवधि लामो भइसकेकाले केही समयपछि उनले सेवाबाट आवकाश लिए । त्यसपछि मेरो सम्पर्कमा आएनन् ।
मानसिक रोग त्यसमा पनि साइकोसिस भइसकेपछि हेराइ, दृष्टिकोण नै उल्टापाल्टा हुन्छ । त्यसकारण न्यायधीश वा यस्तै महत्वपूर्ण पेसा नगर्नु नै राम्रो हो ।


प्रतिक्रिया दिनुहोस्