अब छद्म नामबाट सामाजिक सञ्जालमा उम्मेदवारविरुद्ध दुष्प्रचार गर्न नपाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa
निर्वाचन आयोग

काठमाडौं–
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारविरुद्ध छद्म नामबाट सामाजिक सञ्जालमा दुष्प्रचार गर्न नपाइने शुक्रबार एक सूचना जारीगर्दै बताएको छ । समाजिक सञ्जालमा संगठित रुपमा मिथ्या सूचना र दुष्प्रचार गर्न नपाइने आयोगले बताएको हो ।
सामाजिक सञ्जालमा भइरहेको गतिविधिको दैनिक जसो नियमन आयोगले गर्दै आएको पनि बताएको छ ।
आयोगले सर्वसाधारण मतदाताले आफ्ना सामाजिक सञ्जालबाट दल र उम्मेदवारका पक्ष र विपक्षमा अभिव्यक्ति दिन पाउने तर संगठित रुपमा दुष्प्रचार गर्न नपाइने बताएको छ।
संगठित रूपबाट सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्ताबाट फेसबुक पेज र ग्रुपहरूबाट दल तथा उम्मेदवारहरूका विषयमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति श्रव्यदृश्य सामग्री प्रकाशन गर्नु अन्तर्राष्ट्रिय मूल्य, मान्यता, प्रचलित कानून र निर्वाचन आचारसंहिता प्रतिकूल हुने आयोगले भनेका छन् ।
आयोगले पहिचान नखुलेका निहित राजनीतिक उद्देश्यबाट प्रेरित भई निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने उद्देश्यबाट सञ्चालित पेज र ग्रुपहरू सञ्चालन हुने गरेको बताएको छ ।
आयोगले सामाजिक सदाचारमा खलल पार्न सक्ने, भेदभाव र दुरुत्साहनलाई प्रोत्साहन गर्ने, एक अर्कालाई गाली बेइज्जती गर्ने, सामाजिक र सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमका शब्द, शैलीलाई मात्र निरुत्साहित गर्न खोजिएको स्पष्टीकरण दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array