हलोलाई भोट हाल्नुहोस नत्र देशद्रोही आउँछन: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद (केपी) शर्मा ओलीले हलोलाई भोट हाल्नुपर्छ नभए देशद्रोही आउँने बताएका छन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा उनले राप्रपा अध्यक्ष लिङ्देनका लागि भोट मागेका हुन् ।

‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ’ उनले भने, हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो’ ओलीले भने ।

- Advertisement -
Ad imageAd image

उनले एमालेले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने ओलीले गरे ।

एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बताए । ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ’ उनले भने ‘जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने दावी गरे ।

‘कांग्रेस राष्ट्रिय पार्टी रहने भयो, यसपल्टको हकमा माओवादी पनि राष्ट्रिय पार्टी बन्छ । माधव नेपालहरुले पनि एउटा पार्टी खोलेका छन्, त्यसको कन्तबिजोग हुन्छ, के को राष्ट्रिय पार्टी ?

लोकतान्त्रिक समाजवादी पार्टी पनि यसपटक राष्ट्रिय पार्टी नबने ओलीले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्