अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका १० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

मोटरसाइकल सवार सन्धिखर्क नगरपालिका-१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको हो ।

- Advertisement -
Ad imageAd image

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार बा२५प ८८७६ नम्बरको अर्को मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्।

घाइते दुवैजनाको बुटवलमा रहेको मर्सि सिटी हस्पिटलमा उपचार भइरहेको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्