काठमाडौं–विवेकशील साझा पार्टीले मंगलबार आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि चुनावी घोषणपत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरेको हो । १३ बुँदेमा समेटिएको २ पन्ने प्रतिबद्धतामा राइट टु रिकल र राइट टु रिजेक्टसम्मका विषयहरु समेटिएको अध्यक्ष समीक्षा बाँस्कोटाले जानकारी दिएकि छन् ।
यस्तै नोट चल्ने तर भोट नचल्ने अवस्थाको अन्त्य गर्दै विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्नेलगायतको घोषणापत्रमा उल्लेख छ ।
प्रतिबद्धतामा जीवन उपयोगी, गुणस्तरीय, संविधान प्रदत्त निःशुल्क शिक्षा प्रदान गर्ने, निःशुल्क स्वास्थ्य सेवा, स्वायत्त र अधिकार सम्पन्न सम्पत्ति शुद्धीकरण विभाग बनाउने विषय पनि समेटिएको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्