घोराहीका तीन फर्निचर उद्योगमा आगलागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – घोराहीका तीन फर्निचर उद्योगमा सोमबार राति आगलागी भएको छ । घोराही-१५ सहिद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करोडौंको क्षति भएको प्रहरीको अनुमान छ । राति करिब १२ बजेतिर लागेको आगो मंगलबार बिहान ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरीले बताएको छ। आगलागीको कारण थाहा हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array