टी-२० विश्वकप: दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल रद्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपमा सोमबार दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल रद्द भएको छ । वर्षाका कारण निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरी सुरु भएको खेल ९ ओभरमा घटाइएको थियो ।

तर, जिम्बाब्वेले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले तीन ओभरमा ५१ रन बनाउँदा पुनः वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द भएपछि दुवै टिमले एक–एक अंक बाँडेका छन् ।

होबर्टस्थित बेल्लेरिभ ओभलमा जिम्बाब्वेले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याएको खेल रद्द हुनुअघि दक्षिण अफ्रिकाले तीन ओभरमा कुनै पनि विकेट नगुमाई ५१ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककले १८ बलमा आठ चौका र एक छक्कासहित ४७ रन बनाए । अर्का ओपनर तथा कप्तान टेम्बा बाभुमाले दुई रन बनाएका थिए । तर, वर्षाका कारण खेल सम्भव नभएपछि जित नजिक रहे पनि दक्षिण अफ्रिका अंक बाढ्न बाध्य बन्यो ।

सुपर–१२ को समूह–२ मा रहेको दुवै टिमको यो पहिलो खेल हो । यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको जिम्बाब्वेले निर्धारित ९ ओभरमा पाँच विकेट गुमाएर ७९ रनको लक्ष्य खडा गरेको थियो ।

जिम्बाब्वेका वेस्ली मधेभेरले ३५ रन बनाए । मुल्टोन सुम्बाले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

दक्षिण अफ्रिकाका लुङ्गी एङगिडीले दुई विकेट लिएका थिए । वाइन पर्नेल र एन्रीक नोट्जेले एक(एक विकेट लिए ।

यसअघि आजै भएको समूह–२ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: