काठमाडौंमा आज सत्ता गठबन्धनको संयुक्त भेला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्दैछ। ४ कात्तिकबाट सुरु भएको गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ । आज भने काठमाडौंमा अन्तिम भेला हुँदैछ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ भइरहेको भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

- Advertisement -
Ad imageAd image

गठबन्धनले आइतबार मात्र सुर्खेत र धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो। एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला भएको थियो। ५ कात्तिकमा कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त भेला भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्