नेप्से दोहोरो अंकले वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १४.३५ अंकले बढेको हो । यस दिन ०.७८ प्रतिशतले बढेर १८५८.४९ को विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार २२१ कम्पनीका ५१ करोड ६८ लाख तीन हजार ४८३ रुपैयाँबराबरका १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच भयो ।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.७९ प्रतिशतले घटेर ३६५.४९ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतबार १३ उपसमूहमध्ये ११ उपसमूहको समूहगत सूचक बढेको छ । दुई समूहको समूहगत सूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array