माओवादीले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को चुनावी घोषणापत्र तिहार सकिएपछि मात्रै आउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्र तयार भएर प्रुफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ पुगेको छ ।

अब सुझावका लागि पदाधिकारीहरू कहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रूप लिनेछ ।

‘इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरूको सुझाव लिन सकिन्छ । यो काम सकाएर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्छौँ,’ केन्द्रीय कार्यालय सचिव उपाध्यायले भने ।

प्रतिक्रिया दिनुहोस्

Array