काठमाडौं– मसिंर ४ गतेको चुनावलाई लक्ष्ति गरेर सत्ता गठबन्धनका शीर्ष नेताले आज विराटनगरमा प्रदेश १ स्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । विराटनगर बरगाछीस्थित होटल मनास्लुमा हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतको कार्यक्रम रहनेको छ । उनीहरुले कार्यक्रमलाई सम्बोधन समेत गर्ने जानकारी दिएको छ ।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको उपस्थिती पाक्लो छ । कार्यक्रम आज १२ बजेबाट सुरु भएको छ ।
आज विराटनगरमा सत्ता गठबन्धनका शीर्ष नेताको अगुवा कार्यकर्ता सम्बोधन

प्रतिक्रिया दिनुहोस्