आजको मौसम: कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa
mahusam

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array