आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान राख्न हुदैनः प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी ४ मंसिरमा हुने चुनावमा सत्ता गठबन्धनमा अटाएकाले आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान राख्न नहुने बताएका छन्।

शुक्रबार सत्ता गठबन्धनले पोखरामा गरेको प्रदेश स्तरीय भेलामा प्रचण्डले कतिपयलाई गठबन्धनको अर्को दलको निर्वाचन चिह्न स्वीकार्न गाह्रो परेको देखिएको बताएका हुन्।

‘हँसिया हथौडालाई रुखमा, रुखलाई हँसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं। गठबन्धन गर्दा सबै चुनाव चिह्न स्वीकारेकाले त्यसो गर्नुहुँदैन। आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ,’ उनले भने।

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएकाले यसको लाभ आफूहरुले पनि पाएको उनको जिकिर छ। प्रचण्डले भने, ‘स्थानीय तह निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिए। गठबन्धनलाई भोट हाल्दिनँ भन्दा पाप पलाउन सक्छ, धुरीबाट कराउन सक्छ।’

प्रतिक्रिया दिनुहोस्

Array