गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – शुक्रबार गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

अहिले बिहान पहाडी भू- भागमा आंशिक बदलीदेखि सामान्यता सफा मौसम सफा रहेको छ। शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: