प्रतिनिधिसभामा उम्मेदवारी दिनेमा पहिलो ठूलो दल राप्रपा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा उम्मेदवारी दिनेमा पहिलो दल राप्रपा बनेको छ। राप्रपाले १४१ क्षेत्रमा आफ्ना उम्मेदवार दिएको छ । दोस्रो दलका रुपमा एमालेले १३९ क्षेत्रमा उम्मेदवार उठाएको छ।
रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभामा उम्मेदवारी दिने तेस्रो ठूलो दल भएको छ। चौथो ठूलो दलका रुपमा कांग्रेसले ९१ क्षेत्रमा, पाँचौँ माओवादी केन्द्रले ४५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ।
जसपाले ८०, लोसपा ५२ र एकीकृत समाजवादीले २२ क्षेत्रमा उम्मेदवार उठाएका छन् । समाजवादीले गठबन्धनबाट पाएको भन्दा २ वटा क्षेत्रमा बढी उम्मेदवार उठाएको हो।

प्रतिक्रिया दिनुहोस्

Array