काठमाडौं– चुनावको मुखमा विदेशी मदिरा आयातमा लगाइएको प्रतिबन्ध खुलाउन क्याबिनेटमा प्रस्ताव लगिएको छ । सो प्रस्ताव देशको पर्यटन उद्योग प्रभावित भएको भन्दै पर्यटनमन्त्री जीवनराम श्रेष्ठले लगेका हुन् ।
मदिरा आयात रोकिँदा देशको आतिथ्यतामा नकारात्मक असर परेको भन्दै विदेशी मदिरा आयात खुलाउने प्रस्ताव आफूले क्याबिनेट लगेको मन्त्री श्रेष्ठको भनाई छ ।
मन्त्रिपरिषद् बैठकले आयातित मदिरासँगै चारवटा वस्तु आयातमा मंसिरसम्म प्रतिबन्ध लम्ब्याउने निर्णय गर्यो। विदेशी मदिरा आयात खुलाउन विशेष ढंगबाट अगाडी बढेर निर्णय गर्ने समझदारी भएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो विषयमा सकारात्मक बनेको उनको कथन छ ।
चुनावको मुखमा मदिरा आयातमा लगाइएको प्रतिबन्ध खुलाउने प्रस्ताव क्याबिनेटमा

प्रतिक्रिया दिनुहोस्