एमालेको घोषणापत्रबाट रेल, पानी जहाज र ग्यास पाइपलाइन हट्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं– नेकपा एमालेले अघिल्लो निवार्चनमा रेल, पानी जहाज र ग्यास पाइपलाइनलाई चुनावी घोषणापत्रमा समेटेर प्रमुख एजेन्डा बनाएकोमा आगामी मसिंर ४ गते हुने निवार्चनमा भने हटाउने भएको छ । आगामि निवार्चनको लागि विकास र समृद्धिका साथै तीनै तहका सरकारबीचको समन्वयलाई आधार बनाएर चुनावी घोषणापत्र ल्याउने तयारी गरेको जानकारी दिएको छ । पार्टीले तिहारपछि मात्रै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको एमाले नेताहरुले बताएका छन् ।
अघिल्लो घोषणापत्रमा एमालले काठमाडौंमा मनो रेलको सपना देखाएर जित सो निश्चित गरेको थियो । निवार्चन पछि घोषणापत्रमा भएका कुराहरु एमाले अध्यक्ष खड्का प्रसाद शर्मा ओली बहुमतको प्रधानमन्त्रि हुँदा पनि भने अनुसार काम नभएपछि ब्याङ्ग हुन थालेको थियो । पानीले खाल्डाखुल्डि परेको ठाउँमा सवारीसाधन फेसे भने पनि ओलीको पानी जहाज चुच्चे रेल लगायत भनेर सामाजिक सञ्झालमा ब्यापक ब्याङ्ग हुने गरेको छ । तत्काल पुरा नहुने योजना अघिल्लो निवार्चनको घोषणापत्रमा राखेकाले यो पटक हटाएको एमाले नेताहरले बताएका छन् ।
निवार्चन जित्न तत्कालका लागि सस्तो लोकप्रियताको नारा लिदा दलहरुलाई नै समस्या परेको नेताहरु बताउँछन् । सोहि कारण पनि एमालले रेल, पानी जहाज र ग्यास पाइपलाइनको मुद्धालाई छोडेको बताइएको छ ।
मंसिरमा ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले गत साउन चौथो साता अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेर काम सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: