ओली र लिङ्देनले झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुने भएका छन् । आज विहान ११ बजे क्षेत्र नं १ स्थित को धुलाबारीमा हुने कार्यक्रममा कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा ओली र लिङ्देन झापा पुगेका हुन् ।

यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने जानकारी दिएको छ । हिजो अध्यक्ष ओलीको स्वास्थ्यमा केही समस्या आएपछि प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: