काठमाडौँ – विभागीय क्लब त्रिभुवन आर्मी क्लबका सोम कुमाल र एपीएफ क्लबकी फुलमती रानाले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा स्वर्ण जितेकी छन् ।
बुधबार भएको दौडमा १ मिनेट ५४।०८ सेकेन्डमा समय निकाल्दै स्वर्ण जिते । रजत जितेका नेपाल पुलिसका तेजबहादुर कार्कीले १ मिनेट ५५।२१ सेकेन्ड निकाल्दै रजत पदक जित्दा सुनिल सुनार १ मिनेट ५५।५२ सेकेन्ड समय निकाल्दै कास्य पदक जिते ।
महिलातर्फ फुलमतीले निर्धारित दुरी २ मिनेट २७।३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७।५० सेकेन्डको समय निकाल्दै रजत जित्दा २ मिनेट ३०।४८ सकेन्ड समय निकाल्दै आर्मीकी रेखा लिम्बुले कास्य जितिन् ।


प्रतिक्रिया दिनुहोस्