सामान्य अंकले घट्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ आश्विन २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन करिब १० अंक घटेर बन्द भएको नेप्से, यस दिन साढे २ अंक घटेर बन्द भएको छ।

यस दिन नेप्से २.६१ अंक घटेर १८५८.३३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ८० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २१९ स्टकको १३ हजार ६०९ पटकको कारोबारमा ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको १६ लाख ३१ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन एक स्टकको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पिपुल्स पावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशत घटेर २३० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, प्रभु बैंकको २ करोड ६१ लाखको शेयर खरिदबिक्री भएको छ भने रिडी हाइड्रोपावरको २ करोड २६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

सोमबार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ। घटेका ७ उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्

Array