बाँकेमा माओवादी नेताको सामूहिक राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – उमेदवार छनोटको विषयलाई लिएर बाँकेका क्षेत्र नम्बर ३(क)मा  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थानीय तहका नेताले सामूहिक राजीनामा दिएका छन् ।

नेतृत्व तहले स्थानीय तहका कमिटीले गरेको सिफारिसलाई वास्ता नगरी पार्टीको पद्धतिभन्दा बाहिर गएर उमेदवार छनोट गरेको आरोप स्थानीय नेता तथा कार्यकर्ताले लगाएका छन् ।

निर्वाचनमा उमेदवार छनोटको लागि प्रदेश कमिटीले गरेको सिफारिस र उमेदवार छनोट कार्यविधि विपरीत पार्टीको माथिल्लो कमिटीबाट जर्बरजस्त रुपमा मनोनयन गरेपछि स्थानीय तहका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

माओवादीको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र बाँके क्षेत्र नम्बर ३ (क) समन्वय समिति अध्यक्ष र सचिवले सहितका नेताले सामूहिक राजिनामा दिएको विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।

उनीहरुले दिएको राजीनामालाई समर्थन जनाउँदै माओवादी बैजनाथ गाउँपालिका समिति अध्यक्ष जयबहादुर विश्वकर्मा र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले ऐक्यवद्धता जनाएका छन् ।

माओवादी केन्द्र बाँके जिल्ला संयोजक डम्बर विक तुफानले स्थानीय तहका नेताहरुले उमेदवार छनोटको विषयलाई लिएर केहि असन्तुष्टि जनाएको विषयलाई समाधान गर्ने प्रयास गरिरहेको बताए ।

बाँके क्षेत्र नम्बर ३ (क)का उमेदवार खरेलले चुनावका बेला यस्ता घटना र असन्तुष्टिलाई सम्बोधन गर्दै अगाडि बढने तयारी भैरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array