माओवादी केन्द्रको घोषणापत्र: वार्षिक न्यूनतम १ खर्ब रुपैयाँ बराबरको काठ तथा दाउरा उत्पादन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–  १५ करोडभन्दा बढी घनफिट काठ उत्पादन भई वार्षिक न्यूनतम १ खर्ब रुपैयाँ बराबरको काठ तथा दाउरा उत्पादन गर्ने उदेश्य नेकपा माओवादी केन्द्रले आगामि निवार्चनको लागि बनाएको घोषणापत्रमा उल्लेख गर्ने भएको छ । माओवादि केन्द्रले विज्ञसँग छलफल गरी घोषणापत्र लेखन समितिले तयार गरेर फाइनल ड्राफ्ट केन्द्रीय कार्यालयमा बुझाइसकेको जानकारी दिएको छ ।
नेपालका सम्पूर्ण वन क्षेत्रमध्ये करिब ५१ प्रतिशत उत्पादनशील र पहुँचयोग्य रहेकाले यस्ता उत्पादनशील वन क्षेत्रको पूर्ण क्षमताको उपयोग हुनेगरी व्यवस्थित व्यवस्थापन पद्धति अवलम्बन गर्दै वन पैदावारको प्रचुर उत्पादन गरी घरेलु आवश्यकतालाई परिपूर्ति गर्ने र वन पैदावार निर्यातको नीति लिने पनि माओवादी केन्द्रको प्रस्तावित घोषणापत्रमा उल्लेख छ ।
केन्द्रले आगामी ५ वर्षसम्म संविधान संशोधन मार्फत देशलाई जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन र पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ विस्तारै माहोल बनाएर लग्ने उल्लेख गरेको छ । माओवादीले संसदीय व्यवस्थाको विकल्पमा राष्ट्रपतीय शासन र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लग्ने घोषणापत्रको मस्यौदा बनाएको बताएको छ । मोओवादी केन्द्रले प्रत्यक्ष निर्र्वािचत राष्ट्रिपति प्राणालीलाई मुख्य चुनावी एजेण्ड बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: