नेपालबाट बाहिरियो मनसुन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सरदरभन्दा १४ दिन ढिला गरी देशका सबै भागबाट यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि देशका सबै भागबाट मनसुन बाहिरिएको हो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन आइतबारदेखि देशको समग्र भूभागबाट बाहिरिएको छ।’

- Advertisement -
Ad image

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट शनिबार नै मनसुन बाहिरिएको थियो । यस वर्ष छिटो गरी गएको जेठ २२ गते पूर्वी भू(भागबाट मनसुन प्रवेश गरेको थियो ।

नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष सो मिति भन्दा १४ दिन ढिलो गरी मनसुन बाहिरिएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: