संशोधनसहित पारित गर्‍यो कांग्रेसले घोषणापत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसले आगामी संसदीय चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समतिका प्रवक्तासमेत रहेका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

बैठकमा लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ड्राफ्ट प्रस्तुत गरेका थिए । विज्ञहरू स्वर्णीम वाग्ले र गोविन्द पोखरेलले घोषणापत्रको व्याख्या गरेपछि नेताहरूले सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array