काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरीत काम गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको छ। आयोगले बिहीबार कार्यालय प्रमुखहरूलाई आचार संहिता उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको हो।
आयोगले त्यस्ता कर्मचारी, शिक्षक तथा अन्य व्यक्तिलाई विभागीय कारबाही प्रारम्भ गर्न निर्देशन दिएको हो। आयोगको निर्देशनबमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोग सचिवालयले कारबाही प्रारम्भ गर्ने चेतावनी पनि आयोगले दिएको छ।
त्यसैगरी आयोगले निर्वाचन आचार संहिताको कार्यान्वयन भए नभएकोबारे अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई पनि निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्