सिटिजन्स बैङ्कको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सिटिजन्स बैङ्कको ९ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने असोज २७ गते अन्तिम दिन हो । कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको बैङ्कले शुक्रबार बुक क्लोज गर्दै छ । तसर्थ, आजसम्म कायम रहने सेयर धनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

बैङ्कले सभामा कम्पनीले गत वर्षको नाफाबाट ९५ नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । यसर्थ, बैङ्कले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८(७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभाले अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९(८० का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैङ्कको प्रबन्ध पत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा अमृत भोग, कालिका स्थान डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array