जसपाका ७ नेता कारबाहीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जनता समाजवादी पार्टीले पर्सामा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका केन्द्रीय सदस्य सहित ७ जनालाई कारबाही गरेको छ ।

केन्द्रीय सदस्य सदस्य करिमा बेगमसहित ७ जनालाई पार्टीबाट निस्कासन गरिएको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिएका छन ।

पार्टीबाट निस्कासनमा पर्ने अन्य नेताहरुमा प्रदेश समिति सदस्य जन्नत अन्सारी, प्रदेश परिषद सदस्य शिवकुमार साह, प्रदेश सदस्य गौरिशंकर साह, युवा नेताहरु मुकेश कुमार द्विवेदी, रुपेशमान सिंह र प्रमोद जयसवाल छन् ।

उनीहरुले एमाले–जसपा गठबन्धनको निर्णय विपरीत पर्साका विभिन्न निर्वाचन क्षेत्रमा अर्को पार्टीबाट तथा स्वतन्त्र तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: