कांग्रेसबाट बागी उम्मेदवारलाई ५ वर्षका लागि निष्कासित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निस्कासन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निस्कासन गरेको जानकारी दिएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।

तर चितवन-३, चितवन-१ लगायत केही क्षेत्रमा कांग्रेसका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरुले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले निस्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array