पल शाहको पेसी तेस्रो पटक स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका कलाकार पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ।
तनहुँ अदालतमा असोज  २६ का लागि तोकिएको पेसी स्थगित भएको हो।   मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए।

यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते  र असोज २ गतेका लागि तोकिएको थियो। जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन अधिकृतका रूपमा खटिएका छन।

निर्वाचनका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारीतर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array