घनश्याम भुसालले पाए त्रिभुज चुनाव चिह्न

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको हो।

भुसालले त्रिभुजको राजनीतिक व्याख्या पनि गरिसकेको उनको सचिवालयले जनाएको छ। त्रिभुजको एउटा भुजाले लोकतन्त्र, दोस्रो भुजाले सामाजिक न्याय र तेस्रो भुजा (आधार भुजा) ले विकासको प्रतिनिधित्व गर्छ भन्ने आफूहरुको व्याख्या रहेको भुसालको सचिवालयका एक सदस्यले बताए।

प्रतिक्रिया दिनुहोस्

Array