नेप्सेमा आज सामान्य सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ –  नेप्सेमा आज सामान्य सुधार भएको छ। सोमबार र मंगलबार घटेर बन्द भएको नेप्से, बुधबार भने बढेर बन्द भएको छ। नेप्से परिसूचक ११.३६ अंक बढेर १८६६.५२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य सुधार भएको छ। अघिल्लो कारोबार दिन ५५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२३ स्टकको १४ हजार १८६ पटकको कारोबारमा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको २० लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ५५ रुपैयाँ ५० पैसा बढेर ६०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन महुली लघुवित्त वित्तीय संस्था र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एभरेष्ट बैंकको ऋणपत्रको मुल्य सर्वाधिक ९.८३ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया दिनुहोस्

Array