रुकुम पश्चिम (ख)का नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज

ओलीलाई उच्च अदालत सुर्खेतले बैंकिङ कसूर मुद्दामा १ महिना कैद र ७ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओली बैंकिङ कसूरमा दोषी पाइएपछि, उनको  उम्मेदवारी खारेज भएको छ।

ओलीलाई उच्च अदालत सुर्खेतले बैंकिङ कसूर मुद्दामा १ महिना कैद र ७ लाख रुपैयाँ जरिवाना गरेको थियो । उनले उक्त सजाय र जरीवाना भुक्तान नगरेको देखिएकाले उनको उम्मेदवारी खारेज भएको रुकुमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

ओली विरुद्ध उम्मेद्वार हुन अयोग्य भएको भनी माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्