काठमाडौं– मंगलबरको बैठकले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । गठबन्धनले दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको जानकारी दिएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा समयमा त्यस्ता सदस्यले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले कावार्हि गर्ने जानकारी दिएको छ ।
बुधबारसम्म बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन; फिर्ता नलिए निष्कासन गरिने

प्रतिक्रिया दिनुहोस्