काठमाडौं–
धनुषाका चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार दर्ता गराउनेहरुमा ८ जना पूर्वमन्त्री छन्। उक्त क्षेत्रमा १०३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रदेश निर्वाचन कार्यालय मधेस प्रदेशले जनाएको छ।
धनुषा निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनको तर्फबाट दीपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरु सहित यस क्षेत्रबाट २५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
क्षेत्र नं. २ मा पूर्व मन्त्री एवं एमालेका नेता उमाशंकर अरगरिया, नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री रामकृष्ण यादव, नेकपा एसका नेता एवं पूर्व मन्त्री रामचन्द्र झा, एमाले–जसपा गठबन्धनको तर्फबाट गंगाराम यादवले उम्मेदवारी दिएका छन्। यहाँ पनि १६ जनाले विभिन्न पार्टी एवं स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै, क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट लोसपाका नेता एवं पूर्व मन्त्री अनिल कुमार झा, जसपा एमाले गठबन्धनको तर्फबाट एमाले नेत्री एवं पूर्व मन्त्री जुलीकुमारी महतोसहित ३१ जनाको उम्मेदवारी दर्ता छ। क्षेत्र नं. ४ मा एमालेका सचिव एवं पूर्व मन्त्री रघुवीर महासेठ, कांग्रेसका नेता एवं पूर्व मन्त्री महेन्द्र यादवसहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै प्रदेशतर्फ धनुषा १ को ‘क’ मा १४ जना, ‘ख’ मा १४ जना, २ को ‘क’ मा १४ जना र ‘ख’ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। धनुषा ३ को ‘क’ मा २० जना र ‘ख’ मा २७ जना तथा ४ को ‘क’ मा १९ जना र ‘ख’ मा १३ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिएको छ ।
धनुषामा प्रतिनिधि सभाका लागि ८ पूर्वमन्त्रीको उम्मेदवारी

प्रतिक्रिया दिनुहोस्