यि कारणले गर्दा एमालेबाट बागी र स्वतन्त्र उम्मेदवार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं– नेकपा एमालेका ५ जना केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यताबाट हटेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएपछि पार्टिले कार्वाहि गरेको जानकारी दिइएको छ ।
यसरी उम्मेदवारी दिनेमा एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्य रहेका छन् । मसिंर ४ गतेको निवार्चनका लागि नेता घनश्याम भुसाल (रुपन्देही) र प्रभु साह (रौतहटं) बाट छन् । केन्द्रीय सदस्यहरूमा कुन्दन कुशवाह (रौतहटं), गंगा चौधरी सत्गौवा, (दाङ) तथा बदमी क्वारा बुढा (डोल्पा) बाट रहेका छन् ।

नेता घनश्याम भुसाललाई पार्टी उम्मेदवार नबनाएपछि रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । भुसालले वाम एकताको पक्षमा वकालत समेत गर्दै आएका छन् ।
एमाले पार्टी सदस्यताको अभिलेखबाट हट्ेका स्थायी कमिटी सदस्य प्रभु साहलाई एमालेले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट टिकट दिए पनि जसपासँगको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
त्यस्तै एमाले केन्द्रीय सदस्य गंगा चौधरी पनि एमालेबाट बाहिरीएकि छन् । दाङमा क्षेत्र नम्बर १ बाट चौधरीको ठाउँमा एमालेले पोलिटव्युरो सदस्य शान्ता चौधरीलाई उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।
एमालेका अर्का नेता कुन्दन कुशवाहलाई पनि एमालेले रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट टिकट दिए पनि कुसवाहले प्रभुकै टिमबाट एमालेको टिकट फालेर स्वतन्त्र उम्मेदवारी दिदा कार्वाहीमा परेका हुन् ।
त्यस्तै एमालेले डोल्पाकी बदमी क्वारा बुढाको नाम पनि आफ्नो अभिलेखबाट हटाएको छ । उनले पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।
यस्तै नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘संदिग्ध’ नेता प्रभु साहलाई कसले पालेको भनी प्रश्न गरेका छन् ।
‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिबिरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’ रावलले प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: