हुम्लामा गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – हुम्लामा चार दिनदेखि रक्तस्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ ।

खराब मौसमका कारण कालीकोटबाट हेलिकोप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७, रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्यधिक रक्तस्रावबाट मृत्यु भएको हो । छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

- Advertisement -
Ad imageAd image

उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालीकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसममा सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फर्किएको जनाइएको छ । रासस

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्