निर्वाचन खर्च विवरण नबुझाएका १ सय उम्मेदवारबाट जरिवाना असुल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– स्थानीय तह चुनावमा उम्मेदवार भई समयमा निर्वाचन खर्च विवरण नबुझाएकाहरु झन्डै १ सय जना उम्मेदवारबाट ३ करोड ५५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरेको छ । जरिवानामा परेकाहरु फेरी आगामी चुनावका लागि आगामी ६ बर्षको लागि उम्मेदवार बन्न सो जरिवाना बुझाएका हुन् ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवार बनेका ति उम्मेदवारहरूले विभिन्न निर्वाचन कार्यालय मार्फत जरिवाना रकम बुझाएको आयोगले जानकारी दिएको छ ।
जरिवानामा परेका उम्मेदवारले जरिवाना नतिरी उम्मेदवारी दर्ता गरेको भए रद्ध हुने पनि जानकारी दिएको छ । त्यस्ता उम्मेदवार बिरुद्ध दावी विरोधको उजुरी दिन सकिने उनले जानकारी दिएको छ । दावी विरोधको समयसम्म पनि जरिवाना नतिर्नेको उम्मेदवारी खारेज हुने व्यवस्था रहेको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्