कालीकोटमा मलामी गएका १५ जना शनिबार देखि बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् ।

शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारीले बताएका छन ।

गाउँलेले १४–१५ जना बेपत्ता भएको भनेर खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको र घटनाबारे बुझ्ने काम गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Array