उमेदवारविरुद्ध उजुरी आज दिउँसो ३ बजेसम्म दिन सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – आगामी संसदीय निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा परेको उमेदवारीविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उमेदवारी दिएका व्यक्तिको विरोधमा उजुरी दिन सकिनेछ ।

आज उजुरी परेका उमेदवारहरुको उजुरीउपर छानविन तथा उमेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्