एक रुपैयाँले घट्यो आज डलरको मूल्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली बजारमा डलरको सटही मूल्य आज एक रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३१.४२ रुपैयाँ रहेको छ । हिजो १३२.४२ रुपैयाँ रहेको थियो । आज बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ ।

आज एक युरोको खरिद दर १२८.०४ रुपैयाँ रहँदा बिक्री दर १२८.६३ रुपैयाँ रहेको छ । एक बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १४५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.३६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: