देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता सम्पन्न

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा साँझ साढे ८ बजेसम्म निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार २२२३ र २२९ महिला गरी २४५२ जनाको उम्मेदवारी दर्ता भएको छ  ।

- Advertisement -
Ad image

आयोगकाअनुसार प्रदेशसभातर्फ ३०३९ पुरुष, २८६ महिला र १ अन्य गरी ३३२६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

दर्ता भएका उम्मेदवारहरूको सूची आजै प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको  छ । असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्