नयाँ क्रान्तिको रोडम्याप गोरखाबाट कोर्नुपर्छ: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकास र सम्बृद्धिका लागि एकताबद्ध भएर नयाँ क्रान्तिको रोडम्याप गोरखाबाट कोर्नुपर्ने बताएका छन । प्रचण्डले आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन ।

बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई दायाँबायाँ राखेर प्रचण्डले भने ‘गोरखा ऐतिहासिक जिल्ला हो । युवा अवस्थामा गोरखामा बसेर अध्यापन गरेको जिल्ला पनि हो । मैले यही पार्टी हेडक्वाटर राखेर जनयुद्धको पुरै तयारी यहीबाट गरेको हो ।’उनले जनयुद्धको पहिलो सैनिक तालिम दिएको ठाउँपनि गोरखा नै भएको स्मरण गरे ।

उनले अहिले गोरखामा चुनाव लड्दा गौरव लागेको पनि बताए । उनले गठबन्धनका तर्फबाट आफू साझा उम्मेदवार गोरखा २ मा बनेको भन्दै अब आर्थिक विकास र सम्बृद्धिका लागि एकताबद्ध भएर नयाँ क्रान्तिको रोडम्याप गोरखाबाटै कोर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array