रामबहादुर थापा बादलद्वारा उम्मेदवारी अस्वीकार, निमेष केसीले पाए टिकट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभाको टिकट पाएका उपाध्यक्षद्वय रामबहादुर थापा बादल र अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिन अस्वीकार गरेका छन् ।

एमालेले बादललाई काठमाडौँ १० र शाक्यलाई काठमाडौँ ८ मा उम्मेदवारी दिनका लागि टिकट दिएको थियो । दुवै उपाध्यक्षले चुनाव नलड्ने भएपछि ती क्षेत्रमा एमालेले उम्मेदवार फेरेको छ ।

- Advertisement -
Ad image

अब काठमाडौँ १० मा एमालेका तर्फबाट निमेष केसीले चुनाव लड्ने भएका छन् । यस्तै, काठमाडौँ ८ मा शिवसुन्दरराज वैद्यले चुनाव लड्ने भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्