मुख्यमन्त्री त्रिलोचन भट्टले टिकेट नपाएपछि माओवादी केन्द्रका उम्मेदवारको विज्ञप्ति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

डोटी – मुख्यमन्त्री त्रिलोचन भट्टले टिकेट नपाएपछि नेकपा (माओवादी केन्द्र) उम्मेदवारहरुले विज्ञप्ति निकालेका छन् ।  डोटी जिल्लाको प्रदेश सभा ‘ख’ का माओवादी केन्द्रका उम्मेदवारहरुले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको टिकट खोसेर घोर अपमान गरेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको चुनावी क्षेत्रबाट चुनाव लड्न उनका प्रमुख स्वकीय सचिव शिवसिंह वलीलाई टिकट दिए पछि माओवादीका दुई जना उम्मेदवारले विज्ञप्ति जारी गरेका हुन् ।

यस अघि मुख्यमन्त्री भट्टले टिकट पाएको भन्दै कार्यकर्ताहरूले बधाई तथा शुभकामना समेत दिएका थिए । मनोनयन दर्ताको अन्तिम दिन भने वलीका नाममा टिकट आएको छ ।
नेकपा माओवादी केन्द्रका डोटी जिल्ला सह इन्चार्ज मीन बहादुर घर्तीमगर (विश्व) र मुख्यमन्त्रीका अर्का स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात) ले विज्ञप्ति जारी गर्दै वलीको उम्मेदवारी अस्वीकार गर्ने बताएका छन् ।

जिल्लाबाट टिकटका लागि मुख्यमन्त्री बाहेकका तीन जनाको नाम सिफारिस भएकोमा सहमति नजुटे पछि मुख्यमन्त्रीलाई नै टिकेट दिने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । ‘मुख्यमन्त्रीको उम्मेदवारी प्रति विवाद छ भन्ने कृत्रिम हल्ला चलाएर वालीले टिकेट दिएकोमा आफूहरुको गम्भीर आपत्ति रहेको छ,’ संयुक्त हस्ताक्षर गरिएको प्रेस विजिप्तिमा भनिएको छ,’ एकातिर मुख्यमन्त्रीको घोर अपमान गर्ने र अर्का तिर हाम्रो उम्मेदवारीको व्यवस्था गर्ने कार्यको हामी घोर विरोध गर्दछौं र हामी सामूहिक रूपले अस्वीकार गर्ने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: