काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उम्मेदवारी दर्ता गर्न पनि गोरखा गएका छन् । आइतबार सामाजिक संजालमार्फत बाबुराम भट्टराईले आफु पनि प्रचण्डसँगै गोरखातिर लागेको जानकारी दिएका छन् ।
उनले जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयॉ अध्याय थालनी गरेको बताएका छन् । ‘गोरखा-२ बाट क।प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो, उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयॉ अध्याय थालनी गरियो, सबैको साथ र सहयोगको अपेक्षा,’ उनले लखेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ‘प्रचण्ड’ गोरखा( २ बाट उम्मेदवार बन्ने भएका छन् ।उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्