विनोद चौधरीले नवलपरासी पश्चिमबाट उमेदवारी दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ –  उद्योगपति विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् ।

यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक नेपाली कांगेसबाट प्रत्यक्ष उम्मेदवार बनेका हुन् । २०६४ को संविधान सभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।

- Advertisement -
Ad image

२०७० को संविधान सभा निर्वाचनमा नेकपा एमालेले उनलाई यही क्षेत्रमा प्रत्यक्षतर्फ उठाउने तयारी गरेको थियो । तर त्यतिबेला उनले प्रत्यक्षमा निर्वाचन लड्न चाहेका थिएनन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्